मागपूरा गर्न १३ विद्यार्थी संगठनले दिए शिक्षामन्त्रीलाई अल्टिमेटम
अनेरास्ववियू, नेपाल विद्यार्थी संघलगायत १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै सात दिने अल्टिमेटम दिएका छन्।
विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र खेर जाने अवस्था देखिए पनि समस्या समाधानका लागि सरकार गम्भीर तथा सरोकारवालासँग छलफल नगरेको विद्यार्थी संघ-संगठनको आरोप छ।
शुक्रबार संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन्।