मुस्ताङमा १५ जनामा कोरोना संक्रमण

मुस्ताङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये चार जना निको भएका जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ।

मुस्ताङमा चैत्रदेखि हालसम्ममा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमित मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका रहेको उनले बताए। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कोरोना परीक्षण गर्दा एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको हो।

थासाङ गाउँपालिकामा सात जना कोरोना संक्रमितमध्ये तीन जना निको भइसकेका छन्। घरपझोङ गाउँपालिकामा ६ जना कोरोना संक्रमितमध्ये एक जना निको भएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *