आयुश्मा र अभिशेकको जोडीलाई स्वर्ण

हेटौंडा ११ स्थित थाना भयाङमा सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन मिक्स डबल्समा  मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् ।


यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१–४ र २१–१८ को सहज जित निकाले । धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कांस्य पदक जिते ।
पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।

यसैगरी सिंगल्स तार्फ राजुले पुरुष सिंगल्स र रिहान्नाले महिला सिंगल्समा स्वर्ण जितेका हुन् ।
राजुले फाइनलमा चितवनकै निसान गुरुङलाई २१–१० र २१–५ ले हराए । रिहान्नाले भने स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१–५ र २१–६ ले हराइन् ।
मकवानपुरकी आयुश्मा नेपालले कांस्य पदक जितिन् । उनले धादिङकी बबिता पुरीलाई १९–२१, २१–१३ र २१–१६ ले हराइन् ।
पुरुषततर्फ काभ्रेका आशिष तामाङले कांस्य पदकको प्रतिस्पर्धामा धादिङका अस्बिन थापामगरमाथि २१–५ र २१–६ को जित निकाले ।
महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । यो जोडीले फाइनलमा ललितपुरका श्रेया बज्रचार्य र राहिता शाक्यमाथि २१–१७ र २१–१६ को जित रचे ।
काठमाडौंकी मनीषा खड्का र रिहान्ना शेरचनको जोडीले कांस्य पदक प्राप्त गरे । पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता पाए ।
यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१–१२ र २१–१६ ले हराए । यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *