लण्डन म्याराथन दर्शक बिना

बेलायतको चर्चित एथ्लेटिक्स प्रतियोगिता लण्डन म्याराथन दर्शक बिना संचालनमा हुने भएको छ ।

आगामी अक्टोबरमा हुने लण्डन म्याराथन सेन्ट जेम्स पार्कमा दर्शक बिना आयोजना गरिने भएको हो ।

म्याराथनमा सहभागी खेलाडीले अनिवार्य रुपमा कोरोना परिक्षण गराउनु पर्नेछ ।

खेलाडीले चार दिन अगाडी कोरोना परिक्षण गराउनु पर्ने बताईएको छ ।

यस्तै बेलायत सरकारले बनाएको कोभिड-१९ सम्बन्धि नियमको पालना गर्नु पर्नेछ ।

यस अघि यस म्याराथन अप्रिल ५ मा हुँदै आएको थियो ।

गत मार्चबाट कोरोना भाईरसले महामारीको रुप लिएपछि प्रतियोगिता स्थगित गरिएको थियो ।

सन् १९८१ मा सुरुवात भएको लण्डन म्याराथन पहिलो पटक तोकिएको समयमा आयोजना नभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *