काठमाडौं उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ। मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो।

सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ। सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

स्वास्थ्यकर्मी सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ। उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्र्याट ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमण भएको बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *