भूमिकाविहीन बन्दै सिसिएमसी

चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सिसिएमसी गठन गर्‍यो। सिसिएमसीको स्टेरिङ कमिटीमा पोखरेलसहित १० जना मन्त्री छन्।

सुरूआती दिनमा सिसिएमसीले नै देशव्यापी रूपमा कोरोनाभाइरस संक्रमणको रोकथाम र नियन्त्रणका अधिकांश कामको नेतृत्व गर्‍यो। प्रदेश र स्थानीय तहमा समेत सिसिएमसी गठन गरियो। सिसिएमसीमा नेपाली सेना पनि एउटा प्रमुख अंगका रूपमा थियो। त्यसको सचिवालय नै सेनाको छाउनीस्थित रेञ्जर गणमा राखियो।

त्यहीँबाट तयार पारिएका रणनीतिहरू नै मन्त्रिपरिषदबाट पारित हुन्थे। कोभिड-१९ सँग लड्न औषधी र स्वास्थ्य सामग्री ल्याउने जिम्मासम्म सेनालाई दिइयो।

कोरोनाविरूद्धको लडाइँमा कुनै समय सिसिएमसीको यति ठूलो केन्द्रीय भूमिका थियो कि प्रधानमन्त्री केपी शर्मा ओली आफैं सिसिएमसीको सचिवालयमा ब्रिफिङ लिन गएका थिए। जेठ ७ गते प्रधानमन्त्री ओली ३ घन्टा बढी रेञ्जर गणमा बसेका थिए।

पछिल्लो समय भने सिसिएमसीको उपस्थिति कमजोरमात्र हुँदै गएको छैन, यो लगभग भूमिकाविहीन जस्तो हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *