राप्रपाको केन्द्रीय समिति बैठक मंगलबार बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आगामी मंगलबार बस्ने भएको छ ।

पार्टीका ३ जना अध्यक्षहरूको आइतबार बसेको बैठकले मंगलबारका लागि केन्द्रीय समितिको बैठक आयोजना गर्ने निर्णय गरेका हुन् । पटक–पटक विभाजन भएर फेरि एक भएको राप्रपामा चुनाव चिह्न के राख्ने भन्ने विषयमा मतान्तर रहँदै आएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाका अनुसार आइतबार भएको अध्यक्षत्रयको छलफलले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ ।

यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *