‘डी प्लस’ भन्दा कम ग्रेड प्राप्त गर्नेले पनि कक्षा ११ पढ्न पाउने

कक्षा ११ मा भर्ना हुन एसईईमा न्यूनतम ‘डी प्लस’ ल्याउनैपर्ने बाध्यता टहेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले गरेको एक निर्णय अनुसार अब ‘डी प्लस’ भन्दा कम ग्रेड प्राप्त गर्नेले पनि कक्षा ११ पढ्न पाउने भएका छन् । परिषद्का अनुसार कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनत्तम ‘डी प्लस’ ग्रेड प्राप्त गर्नैपर्ने प्रावधान हटाइएको हो ।

जीपीए १.६ र ‘डी प्लस’ ग्रेड दुबै ल्याउनेले मात्रै कक्षा ११ मा भर्ना पाउँदा अन्य हजारौं विद्यार्थी कक्षा ११ पढ्नबाट वञ्चित हुने भएकाले यस्तो निर्णय गरिएको परिषद्ले जानकारी दिएको छ ।

परिषद्का अनुसार एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको हो ।

तर, कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय पढ्न भने एसईईमा जीपीए १.६ का साथै कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा ‘सी प्लस’ भने ल्याउनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *