रिया चक्रवर्तीको केसलाई अदालतले भन्यो ‘गम्भीर अपराध’,

म्बइ। बलिउड अभिनेत्री रिया चक्रवर्तीको दोस्रो जमानत याचिका पनि खारेज भएकने छ । रियासँगै उनका भाइ शोविक चक्रवर्ती, अब्दुल बासित, जैद विलात्रा, दीपेश सावन्त र सामुएल मिराण्डाको पनि जमानत याचिका खारेज भएको छ । अब उनीहरु सबै जना कम्तीमा १४ दिन जेलमै बस्नुपर्नेछ । न्यायाधीश जेबी गुरवले फैसला सुनाउँदै भने ‘यो गम्भीर अपराध हो र यसको जाँच गर्नु जरुरी छ ।’

सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान गर्दै जाँदा यी सबै लागूऔषध तस्करीमा संलग्न रहेको खुलासा भएपछि उनीहरु जेल पुगेका हुन् । यसअघि बिहीबार महानगरीय मजिस्ट्रेट अदालतले फैसला सुरक्षित राखेको थियो जुन फैसला आज सुनाइएको हो । मजिस्ट्रेट अदालतमा जमानत याचिका खारेज भएपछि रियाले महानगरीय मजिस्ट्रेट अदालतमा अपिल गरेकी थिइन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । उता प्रवर्तन निर्देशनालय (इडी)ले पनि रियाविरुद्ध अर्को केस दायर गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *