बझाङमा जेसीबी दुर्घटना

बझाङमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिकाको १ दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको जेसीवी दुर्घटना भएको हो। दुर्घटनामा तीन जना घाईते भएका छन्।

दुर्घटनामा परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षका मानबहादुर बोहराको मृत्यु भएको हो। बोहरा महेन्द्र मा‍वि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक हुन्। त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षका रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी घाइते भएका छन्। घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *