खामभित्र विष राखेर अमेरिकी राष्ट्रपतिलाई पत्र पठाइयो

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको ठेगानामा पठाइएको एक पत्रमा खामभित्र विष भएको पाइएको छ । एक अधिकारीले समाचार एजेन्सी एसोसिएट प्रेसलाई शनिबार यसको जानकारी दिएका हुन् । अधिकारीका अनुसार यो पत्रमा गडबडी भएको त्यो प्रतिष्ठानमा पत्ता लागेको थियो जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति कार्यालयको नाममा आउने पत्रको जाँच हुन्छ ।

ती अधिकारीका अनुसार प्रारम्भिक जाँचमा यो खामभित्र ‘रिसिन’ नामको विषाक्त वदार्थ भएको पुष्टि भएको छ । यो क्यास्टरको दानामा स्वभाविक रुपले पाइने विषाक्त पदार्थ हो । अधिकारीले नाम नखुलाउने शर्तमा यो जानकारी दिएका हुन् । यो घटनापछि संघीय जाँचकर्ताले यो पत्र कहाँबाट आएको हो र कसले पठाएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

एफबीआइ, सिक्रेट सर्भिस र अमेरिकी डाक निरीक्षण सेजाले जाँचको नेतृत्व गरिरहेका छन् । एफबीआइले एक बयानमा एजेन्टहरुले अमेरिकी सरकारी डाक प्रतिस्ठानमा आएको एक संदिग्ध पत्रको बारेमा जाँच गरिरहेको र यसबाट सार्वजनिक सुरक्षामा कुनै खतरा नभएको बताएको छ । यसअघि पनि सन् २०१८ मा ट्रम्प प्रशासनले अमेरिकी नौसेनाका एक अधिकारीलाई यस्तै प्रकारको संदिग्ध पत्र पठाएको आरोपमा गिरफ्तार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *