कोरोनाका लक्षणहरू

COVID-19 ले भिन्नभिन्न मान्छेहरूलाई भिन्नभिन्न तरिकाले असर गर्छ। धेरै जसो संक्रमित मान्छेहरूमा एकदम हल्कादेखि मध्यम स्तरसम्मका लक्षणहरू देखिन्छन् र बिरामीलाई अस्पतालमा भर्ना नगरिकनै रोग निको हुन्छ।

  • सबैभन्दा सामान्य लक्षणहरू:
  • ज्वरो आउने
  • सुक्खा खोकी लाग्ने
  • थकाइ लाग्ने
  • सामान्यतया कमै देखिने लक्षणहरू:
  • पीडा हुने वा दुख्ने
  • घाँटी दुख्ने
  • पखाला लाग्ने
  • आँखा पोल्ने
  • टाउको दुख्ने
  • स्वाद वा गन्ध थाहा नहुने
  • छालामा दाग हुने वा हात वा खुट्टाका औँलाको रङ उड्ने
  • गम्भीर लक्षणहरू:
  • सास फेर्न गाह्रो हुने वा पटकपटक सास फेर्नुपर्ने
  • छाती दुख्ने वा छातीमा दबाब पर्ने
  • बोल्न वा हिँडडुल गर्न नसक्ने

एकदम हल्का लक्षण भएका तर स्वस्थ मान्छेहरूले आफ्नै घरमा बसेर आफ्ना लक्षणअनुसारको उपचार गर्नुपर्छ।यो भाइरसका लक्षणहरू देखापर्न कुनै व्यक्तिलाई संक्रमण भएको दिनदेखि औसतमा ५–६ दिनसम्म लाग्छ, यद्यपि यस प्रक्रियामा १४ दिन पनि लाग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *