कीर्तिमानी आरोही आङरिता शेर्पा ‘हिम चितुवा’ को निधन

‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।

उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *