मोटरसाइकल बिक्रेता कम्पनीका दशैंतिहार लक्षित अफर सार्वजनिक

नेपालीहरूको महान चाड दशैंतिहार नजिकिँदै गर्दा मोटरसाइकल बिक्रेता कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेसँगै अटोमोबाइल क्षेत्र निकै प्रभावित भएका थिए ।

तर, सरकारले लकडाउन खुकुलो बनाएसँगै अटोमोबाइल कम्पनीहरूले ग्राहकहरूको आकर्षणको लागि विभिन्न अफर सार्वजनिक गरेका थिए । त्यो अवधिमा सामान्य अवस्थाको भन्दा करिब ३० देखि ४० प्रतिशतले व्यापार बढेको थियो । विगतको जस्तै विभिन्न अटोमोबाइल कम्पनीले ग्राहकलाई आकर्षित गर्नको लागि दशैं अफर सार्वजनिक गर्न थालेका छन् । यस्तै, नेपालमा सबैभन्दा बढी बिक्री हुने दुईपाङ्ग्रे सवारी साधन हिरो, बजाज, सुजुकी, यामाहा, टिभीएसलगायत अन्य कम्पनीले बजारमा ग्राहकहरूको लागि योजना सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्तो अफर ?

बजाजः बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले ‘खुशी खोज्ने होइन रोज्ने’ योजना सार्वजनिक गरेको हो । उक्त योजनाअन्तर्गत ग्राहकले बजाजका कुनै पनि मोडलका मोटरसाइकल किन्दा १० हजार छुट पाउनेछन् । साथै, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य ब्याजदर वा २० प्रतिशत मात्र डाउनपेमेन्ट गर्न पाउँनेछन् । यो योजना छठसम्म रहने कम्पनीले जनाएको छ ।

सुजुकी: सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोवाईल्स प्रालिले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरूलाई स्कुटरको खरिदमा १२ हजार नगद छुट दिने भएको छ ।

साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रही चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेकोे छ ।

हिरो: नेपालको लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नेपालको महान चाडपर्व दशैंतिहार लक्षित ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरूले ५ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।

यसका साथै, कम्पनीले लक्की ड्रमार्फत १ जनाले एक लाख नगद पाउनछन् भने स्क्र्याच कार्डमार्फत १ लाखसम्म क्यास पाउने जनाएको छ ।

टिभीएस: टिभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले दशैं लक्षित ‘टिभिएस दशैंको आशा’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत कम्पनीले मोटरसाइकल तथा स्कुटरमा किन्ने ग्राहकहरूले नगद ९ हजारसम्म छुट पाउनेछन् । यसका साथै, कम्पनीले शून्य प्रतिशत ब्याजदरसहित किने पनि नकिनेपनि बम्पर मूल्य आरआर३१० योजना सार्वजनिक गरेका छन् ।

यामाहा: यामाहा नेपालको लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दशैं लक्षित मोटरसाइकल र स्कुटरमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *