पुनर्निर्माण प्राधिकरणको समय एक वर्ष थप्‍न सिफारिस

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको समय एक वर्ष थप गर्न सिफारिस गरेको छ । समितिको १७औं बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा भएको निर्देशक समितिको बैठकले एक वर्ष समय थप गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्राधिकरणको कार्यावधि २०७७ पुष १० गते सम्म थियो । ०७८ पुष १० गतेसम्म समय थप गर्न सिफारिस गरिएको हो । कोरोना महामारीको प्रभाव पुनर्निर्माणमा पनि परेको छ । जसले गर्दा ६ महिनादेखि पुनर्निर्माणका कामहरु पनि योजनाअनुसार हुन सकेका छैनन् । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीका अनुसार दुई भागमा विभाजन गरेर समय थप गर्न सिफारिस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *