फुटसल खोल्ने व्यवसायीको निर्णय

फुटसल व्यवसायीहरुको छाता संघठन नेपाल फुटसल संघले ६ महिनादेखि बन्द रहेको फुटसल खोल्ने निर्णय गरेको छ ।

मंगलबार विज्ञप्ती निकाल्दै फुटसल संघले लामाे समयदेखि रोकिएको फुटसल सुरु गर्ने जानकारी दिएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउन र असोज ४ गतेको निषेधाज्ञा पुरा भएर जनजीवन सामान्य अवस्थामा पुग्दा समेत सरकार फुटसलप्रति उदासिन नभएको संघले ठहर गरेकाे छ ।

निजी क्षेत्रबाट लगानी गरी नागरिकको मानसिक, शारीरिक, स्वास्थ्य र मनोरन्जन कायम गराउने अभिप्रायले अबौं रकम खर्च गरि सञ्चालनमा रहेका देशभरिका फुटसल बन्द हुदा व्यवसायीहरु चरम आर्थिक मारमा परेको संघले जनाएको छ ।

सरकारले यस क्षेत्रमा ध्यान नदिदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिन समेत नसकेको अवस्थामा सावधानी अपनाएर देशभरका फुटसल बुधबारबाट खोल्ने निर्णय संघको छ ।

संघले डब्लुएचओको मापदण्ड अनुसार अन्य व्यवासयीक क्षेत्र भन्दा धेरै सुरक्षित तरिकाले फुटसल सञ्चालन गर्न सकिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *