गुड खाँदा हुने फायदाहरू

प्राकृतिक मिठाई को रूपमा जानिने या चिनिने गुड़, स्वाद को साथ साथ स्वास्थ्य को पनि खजाना हो I यी हुन् गुडकाफाईदाहरूः
१ पेट को समस्या – पेट मा ग्यास बन्ने देखि लिएर पाचन क्रिया सम्बन्धी सबै समस्या हरुको लागी फायदा गर्छ I खाना खाए पछि एक टुकड़ा गुड खाने हो भने खाना छिटो पच्छ I
२ रुघा, कांसो, चिसो, सर्दी लागेमा – गुड़ को प्रयोग अमृत समान हुन्छ । यसको प्रकृति गरम हुनाले उपरोक्त बीमारीहरु ठीक हुन्छन I चीनी को ठाऊँमा गुड को प्रयोग गर्नुहोस I खुदो पिउनुहोस सर्वोत्तम हुन्छ I
३ गुड़ र अदुवा मिलाएर तातो बनाएर खाने हो भने गला को खराश, जलन, कफ आदि शांत हुन्छन I हाम्रो स्वर यन्त्र आवाज पनि ठीक हुन्छ I जोड़ दुखने पनि ठीक हुन्छ I
४ गुड ले रक्त मा भएको हानिकारक टाक्सिनहरु बाहिर गरेर त्वचा को सफाई गर्छ र रक्त संचार पनि ठीक हुन्छ I

५ छाला को समस्या , डंडीफोर को समस्या ठीक हुन्छ र छाला को रिपेयर पनि गर्छ I
६ शरीर मा आयरन ( लौह तत्व ) को कमी भएमा गुड आयरन को एकदम ठूलो स्रोत हो I एनिमिया (रक्त को कमी ) भएका बीमारीहरुलाई गुड एकदम फायदागर्ने चीज हो I
७ थकान लागेको बेलामा गुड खाने हो भने तुरुन्त थकान मेटाउन मा गुड ले मदद गर्छ I यसले उर्जा को स्तर पनि बढ़ाउंछ I

८ शरीर को तापमान नियंत्रित राखनमा गुड़ सहायक हुन्छ । यसमा एंटी एलर्जिक तत्व हुन्छन, त्यसैले अस्थमा भएका बीमारी हरुलाई पनि फायदा गर्छ I
९ पेटमा ग्यास बनी रहन्छ भने एक गिलास पानी या दूध को साथ गुड खाने गर्नुहोस पेट शीतल हुन्छ र ग्यास पनि बन्दैन I
१० खाना खाए पछि प्रतिदिन एक टुकड़ा गुड खाने हो भने पाचन क्रिया सक्रिय हुन्छ र ग्यास पनि बन्दैन I
११ गुड़ शरीर मा रक्त को सफाई गर्छ र मेटाबॉलिज्म रेट लाइ पनि नियंत्रित गर्छ । गुड़ गला र फोक्सो को संक्रमण को उपचार मा पनि फायदाजनक हुन्छ I
११ अस्थमा को उपचारमा पनि गुड लाभदायक हुन्छ । गुड़ र कालो तिल का लड्डू बनाएर खाने हो भने जाड़ो को समय मा अस्थमा को समस्या हुदैन र शरीर मा आवश्यक तापमान बनी रहन्छ I
१२ स्वास संबंधी बीमारी मा पांच ग्राम गुड़ र समान मात्रा मा शुद्ध तोरी को तेल मिलाएर खाने हो भने स्वास सम्बन्धि समस्या बाट छुटकारा पाउन सकिन्छ I
१३ गलो बसेको अवस्था मा या आवाज न आएको बेलामा गुड र भात संगै खानाले गलो खुल्छ र आवाज पनि शुद्ध हुन्छ I
१४ गुड र घ्यू बराबर मिलाएर खानाले कान दुखेको या सुन्निएको ठीक हुन्छ I
१५ पीलिया भएमा 5 ग्राम सोंठ र 10 ग्राम गुड मिलाएर खाने हो भने फायदा हुन्छ I
१६ महिला हरुको मासिक धर्म सम्बन्धी हुने सबै समस्या हरु जस्तै : अति रज, अल्प रज, असमय पीरियड, पेट दुखने, कम्मर दुखने आदि मा गुड र तातो दूध पिउनुहोस I या जती दिन सम्म रज हुन्छ त्यति दिन सम्म बिहान साँझ एक-एक गिलास दूध मा दुई-दुई चमच शुद्ध घ्यू घोलेर तातै तातै पिउने गर्नुहोस , ठीक हुन्छ I
१७ नियमित गुड को सेवन गर्नाले स्मरण शक्ति बढ्छ र दिमाग कमजोर पनि हुदैन I
१८ भोक लाग्दैन, खाएको पच्दैन भने नियमित गुड खानुहोस भोक पनि बढ्छ पाचन पनि ठीक हुन्छ I
१९ गुड ले मूड पनि फ्रेश गर्छ I माईग्रेन (पिनाश) आधा टाउको दुखने बीमारीमा पनि गुड लाभदायक हो I
२० अमिलो डकार आउने, उल्टी हुन खोज्ने, पेट बटारने आदि समस्यामा पनि गुड र बिरे नून को सेवन गर्नुहोस ठीक हुन्छ I गुड ले तंत्रिका तंत्र लाइ पनि बलियो बनाउन मा मदद गर्छ I
२१ वजन कम गर्नमा पनि गुड को प्रयोग गर्न सकिन्छ I शरीर मा अधिक मात्रामा भएको जल कम गर्छ र वजन घटाउंछ I
२२ गुडको प्रकृति गरम भए पनि यो पानी मा घोलेर सेवन गर्ने हो भने शरीर लाइ शीतल प्रदान गर्छ र गर्मी नियंत्रणमा राख्छ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *