राजतन्त्रका पक्षमा जनकपुरधामा र्‍याली

जनकपुरधाम– राष्ट्रवादी नागरिक समाजले मुलुकमा राजतन्त्र फर्काउन भन्दै महाअभियानको सुरुवात गरेको छ। राजधानी काठमाडौँबाट सुरु गरेको महाअभियान अन्तर्गत शनिबार जनकपुरधाममा समेत राष्ट्रिय नागरिक समाजले र्‍याली निकालेको छ।

‘राजतन्त्र पुनर्वहाली गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’ लगायतका नाराहरु लगाउँदै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्ति पूर्वराजाको पक्षमा नारा लगाउँदै र्‍यालीमा सहभागी भएका थिए ।

देशमा भ्रष्टाचार मौलाइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिनदिनै बढिरहेकोले त्यसको न्यूनिकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजकले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *