‘पेन्सन खाने र तलब बुझ्नेबाट सामाजिक सुरक्षा भत्ता सरकारी बाँकी सरह रकम असुल’: अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवृत्तभरण (पेन्सन) खाइरहेकाले पनि सामाजिक सुरक्षा भत्ता लिएको पाइएको भन्दै तत्काल छानबिन गरी दोहोरो सुविधा नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै अख्तियारले दोहोरो सुविधा गैरकानुनी हुने भन्दै छानबिन गरी असुल उपर गर्न भनेको छ। अख्तियारले दोहोरो सुविधा पाइरहेकाबाट सरकारी बाँकी सरह रकम असुल गर्न दुवै मन्त्रालयलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *