नेता र न्यायाधीशको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग बनाउन प्रस्ताव

नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले शीर्ष नेताहरु, प्रशासक र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्नका लागि उच्च स्तरीय न्यायिक आयोग बनाउने प्रस्ताव गर्नु भएको छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर उहाँले यस्तो प्रस्ताव गर्नु भएको हो।

उहाँले भन्नु भयो ‘एउटा शक्तिशाली आयोग बनाऔं । चाहे पूर्वप्रशासनिक कर्मचारी हुन, चाहे मन्त्री हुन् । न्यायाधीश किन नहुन् । शीर्ष नेता किन नहुन् । उनीहरुको सम्पत्तिका सम्बन्धमा निश्पक्ष छानबिन गर्न दिऔं र भ्रष्टाचारको सम्पति राष्ट्रीयकरण गरौं,’

न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरुले प्रभावकारी काम गर्न नसकेको जनताले अनुभूत गरिररहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *