विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण गरौं : परराष्ट्रमन्त्री

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् । उनले कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्नेमा जोड दिए ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने कार्य तीव्र गतिमा भइरहेको जानकारी गराउँदै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गरे ।

नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेकाले अब नेपालमा लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि मन्त्री ज्ञवालीले आग्रह गरे । 

कार्यक्रमका अन्य वक्ताहरुले कोरोनको चुनौतिलाई अवसरमा परिणत गर्न सके नेपालको विकासमा योगदान पुग्ने वाताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *