पोखरा घुम्ने पर्यटकको रोजाईमा टुकी रिसोर्ट

शुची खबर । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुछ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ ।

यस्तोमा पोखरा घुम्न जाने पर्यटकको संख्या समेत बढिरहेको छ । पोखराका पर्यटन व्यवसायीले पनि पर्यटक लक्षित छुटका विभिन्न आकर्षक प्याकेज सार्वजनिक गरिरहेका छन् ।

पछिल्लो समय पर्यटकको रोजाईमा पर्न सफल पोखराको टुकी रिसोर्टले पनि आन्तरिक पर्यटन प्रबद्धनको उद्देश्यले नेपाली पर्यटकलाई लक्षित गरी आकर्षक योजना सार्वजनिक गरेको छ ।

जसअनुसार प्रति व्यक्ति सात सय रुपैयाँदेखि सुरु हुनेगरी कोठा उपलब्ध गराइएको रिसोर्टले जनाएको छ ।

रिसोर्टमा डिलक्स रुमहरु पनि सुपथ मुल्यमा उपलब्ध छन् ।

रिसोर्ट र उसले ल्याएको अफरका बारेमा रिसोर्टको फेसबुक पेजमार्फत थप जानकारी लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *