कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् ।
३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान पौने ५ बजे लागेको आगो नेपाल प्रहरीको सक्रियतामा सवा छ बजे नियन्त्रणमा आएको थियो ।
आगलागीको कारण खुलेको छैन भने क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको बुझिएको छ ।

क्षतिको विवरण संकलन भइरहेको स्थानीय युवाले बताएका छन् । अहिलेसम्म ७ वटा चारपांग्रे र ६ वटा दुईपांग्रे गाडी जलेको विवरण प्राप्त भएको बुझिएको छ ।

सर्भिसिङको लागि ल्याएका गाडीहरू मध्ये केही इलेक्ट्रिक पनि रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *